विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
प्रकाशित:
२०७८, २६ पुष
काठमाडौं, २६ पुस । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
मन्त्रालयमा सोमबार बसेको बैठकले माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।
शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले बिदाको मोडालिटी केही बेरमा सूचना जारी गर्ने बताए ।
कोरोनाको संक्रमण बढेपछि सीसीएमसीले विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । सिफारिस सार्वजनिक भएपछि आज शिक्षा मन्त्रालयका अधिकारीहरु छलफलमा बसेका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार