र्‍यापर लाउरेसहित ४ जनालाई थप १७ दिन थुनामा राख्न अदालतको अनुमति
अखबार टुडे
प्रकाशित:
२०७८, २५ पुष

पोखरा, २५ पुस । लागूऔषध कारोबार आरोपमा पक्राउ परेका चर्चित ¥यापरआशीष राना ‘लाउरे’सहित ४ जनालाई कास्की जिल्ला अदालतले थप १७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

लागू औषधसम्बन्धी मुद्दाका अभियुक्तलाई ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई कानुनले छुट दिएको छ । सो प्रवधान अनुसार पहिलो मितिको म्याद सकिएपछि दोस्रो पटक म्याद थपिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले गत पुस १४ गते पोखरा नयाँबजारका ३२ वर्षीय लाउरेसहित, पोखरा ११ का ३९ वर्षीय ध्रुवबहादुर थापा, पोखरा ७ का ३० वर्षीय नवीन गुरुङ र पोखरा ८, सभागृहका २२ वर्षीय सुस्मिता गुरुङलाई ब्राउन सुगर नामक लागूऔषधसहित पक्राउ गरेको थियो ।

उनीहरलाई १६ गतेबाट मात्रै अदालतबाट अनुमति लिएर उक्त मुद्दामा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । प्रहरी स्रोतका ¥यापर लाउरेले लागुऔषध सेवन गर्नेबारे भने स्वीकारिसकेका छन् । लागूऔषध कारोबारबारेको सूचना पश्चात सुरुमा नवीन गुरुङको साथबाट ०.५१ ग्राम ब्राउन सुगर फेला परेको थियो । पछि सोधपुछका क्रममा सुस्मिता गुरुङको कोठामा १२.५० ग्राम ब्राउन सुगर लुकाइराखेको भेटिएको थियो । प्रहरीले उनीहरुबाट डिजटल तराजु १ थान, ३८ हजार ३५० रुपैयाँ नगद, ५ सेट मोबाइल र ग २१ प ३३२३ नम्बरको एउटा स्कुटर बरामद गरेको छ ।

कारोबार पुष्टि भएको खण्डमा ¥यापर लाउरेसहितको समूहलाई ५ वर्षसम्म जेल हुन सक्छ । तर, कारोबार नभई सेवनमात्रै गरेको पुष्टि भएमा १ वर्ष कैद र १० हजारसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ ।

प्रतिक्रिया