काठमाडौं, २५ पुस । कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि सरकारले थप कडाइ गर्ने भएको छ । अब होटल र सिनेमा हलाम छिर्दा भ्याक्सिन कार्ड अनिवार्य हुनुपर्ने छ ।
उपत्यकालगायत देशभर कोरोना संक्रमण बढ्दै गएपछि आइतबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठक बसेको छ । सो बैठकले होटल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।
उनका अनुसार सार्वजनिक स्थानहरु ९कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि० प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको क्याक्सिन कार्ड ९मोबाइलमा फोटो भएपनि हुने साथमा राख्ने र ती निकायहरुले खोप कार्ड हेरेरमात्र प्रवेश दिने व्यवस्था मिलाउने गरी यही माघ ३ गतेदेखि लागू गर्ने निर्णय भएको छ ।
साथै, आन्तरिक हवाई उडानमा यात्रामा समेत अनिवार्य खोप कार्डको व्यवस्था गरेको छ । बैठकले माघ ३ गतेदेखि आन्तरिक हवाई उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय गरेको हो ।
त्यस्तै आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भीडभाड कम हुने गरी उडान तालिका मिलाउन सीसीएमसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको छ ।
नेपालमा कोरोना संक्रमण पुनः बढ्न थालेपछि सरकारले सार्वजनिक स्थलमा भेला हुन र यात्रामा प्रतिबन्धात्मक व्यवस्थाहरु गरेको हो ।