आर्थिक वृद्धिदर र मूल्यवृद्धि तोकिएको लक्ष्यभित्र राख्न चुनौती
अखबार टुडे
प्रकाशित:
२०७८, २५ पुष

काठमाडौंं, २५ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०७८÷७९ को आर्थिक वृद्धिदर र मूल्यवृद्धि तोकिएको लक्ष्यभित्र राख्न धेरै चुनौती रहेको बताएका छन् ।

आइतबार गभर्नर अधिकारले लेखा समितिको बैठकमा वर्तमान आर्थिक अवस्थाबारे आफ्नो धारणा राख्दै आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्याउन र मूल्यवृद्धि ६.५ प्रतिशतभित्रै कायम राख्न चुनौती रहेको बताएका हुन् । यसमा आन्तरिक तथा बाह्य दुबै कारण रहेको उनले बताए ।

आयात बढेको र मुलुकभित्र उत्पादन घटेका कारण यो लक्ष्य भेट्टाउन गाह्रो रहेको उनको भनाइृ थियो । उनले कोरोना महामारीको प्रभावले विभिन्न उत्पादनमूलक तथा सेवा क्षेत्रमा परिरहेको प्रभाव र कृषि उपज विशेषगरी धान उत्पादनमा आएको कमी लगायत कारण अर्थतन्त्रका सूचक निर्धारित लक्ष्यमा कायम राख्न चुनौती रहेको जानकारी दिए ।
पछिल्लो समय बैंकिङ प्रणालीमा देखिएको तरलता संकट समेत यही साताबाट केही सहज बन्दै गएको समेत अधिकारीले बताए ।

प्रतिक्रिया