भारतमा एकैदिन डेढ लाखभन्दा बढीमा कोरोना पुष्टि, ओमिक्रोनका सङ्क्रमति ३ हजार ६०० नाघ्यो
अखबार टुडे
प्रकाशित:
२०७८, २५ पुष

नयाँदिल्ली, २५ पुस (एजेन्सी) । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५९ हजार ६३२ नयाँ कोरोना सङ्क्रमित थपिएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ ।

हाल यहाँ ३ हजार ५२३ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले जनाएको छ । ओमिक्रोनका ती सङ्क्रमितहरुमध्ये १ हजार ४०९ जना भने कोरोना मुक्त भएका जनाइएको छ ।

यस्तै, २४ घण्टामा भारतमा ४० हजार ८६३ जना कोरोनाबाट मुक्त भएका छन् भने सोही अवधिमा थप ३२७ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

यससँगै कोरोना सुरु भएयता हालसम्म ३ करोड ४४ लाख ५३ हजार ६०३ जना कोरोना मुक्त भएका छन् भने ज्यान गुमाउनेको सङ्ख्या ४ लाख ८३ हजार ७९० छ पुगेको छ । यस्तै, ३ करोड ५५ लाख ८ हजार सङ्क्रमित भएका छन् ।

भारतमा हालसम्म एक अर्ब ५१ करोड ५७ लाख ६० हजार भन्दा बढी डोज खोप लगाइएको जनाइएको छ ।

संक्रमितको संख्या एक्कासि बढ्न थालेपछि भारतका कैयौं राज्यमा कडाइ गरिएको छ । दिल्ली र कर्नाटकमा हप्तामा २ दिन (शनिबार र आइतबार) कर्फ्यू लागू गरिएको छ भने आजदेखि तमिलनाडुमा आइतबार पूर्ण कर्फ्यू लगाइएको छ । हालसम्म २७ राज्यमा ओमिक्रोन भेरियन्ट फैलिइसकेको छ ।

प्रतिक्रिया