माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण
प्रकाशित:
२०७८, २४ पुष
काठमाडौं, २४ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार साँझ पिसिआर परीक्षण गर्दा प्रचण्डमा कोभिड पोजेटिभ पाइएको उनको निजी सचिवालयले जानकारी दिएको हो । अध्यक्ष प्रचण्ड अहिले आफ्नै निवासमा होम आइसोलेसनमा बसेका छन् ।
केही दिनयताबाटै उनले भेटघाट बन्द गरेका थिए । संक्रमण पुष्टि भएपछि सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन पनि उनको निजी सचिवालयले भनेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार