काठमाडौं, २३ पुस । कोरोना संक्रमण बढ्दै गएपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठक बसेको छ ।
क्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे छलफल भएको बताइएको छ ।
गृहमन्त्री बालकृष्ण खाणका अनुसार बैठकले कोरोनाको बढ्दो संक्रमणलाई नियन्त्रण र रोकथामका लागि थप सजकता अपनाउने निर्णय गरेको छ ।
निर्माणाधिन स्वास्थ्य संरचना तुरुन्त बनाउने र बोर्डरबाट भित्रिने नेपालीहरुको पिसिआर र एन्टिजेन टेस्टको दायरा बढाउने गरेर निर्णय भएको उनको भनाइ छ । साथै, सीमा नाका र हवाइ उडान बन्द गर्ने विषयमा समेत बैठकमा छलफल भएको छ ।
यस्तै, स्वास्थ्यमन्त्री विरोध खतिवडाले पनि सीमा नाकामा कडाइ गरिने बताएका छन् । उनले नाकामा कडाइ गर्ने बताउँदै कोरोना संक्रमितलाई होल्डिङ सेन्टरमा राखिने बताए ।
उनका अनुसार विदेशबाट आएकाहरुको विमानस्थलमै कोरोना परीक्षण गरिने छ । बैठकपछि स्वास्थ्यमन्त्री खतिवडाले कोरोना संक्रमण भेटिए क्वारेन्टिनमा राखिने बताए ।
शुक्रबार मात्र ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार नै स्वास्थ्य मन्त्रालयले २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जनाएको छ । साथै, स्वास्थ्य मन्त्रालयले सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छ ।