इन्डियन आइडल ‘पवनदीप राजन’ नेपाल आउँदै
अखबार टुडे
प्रकाशित:
२०७८, २३ पुष

काठमाडौं, २३ पुस । काठमाडौँका दर्शकलाई नचाउन इन्डियन आइडल ‘पवनदीप राजन’ नेपाल आउने भएका छन् ।
आगामी १ माघमा ठमेलस्थित ‘एलओडी’ क्लबमा आयोजना हुने ‘पवनदीप लाइभ इन नेपाल’ कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आउलागेका हुन् । पनवदीप इन्डियन आइडल सिजन १२ का विजेता हुन् ।

कोभिडले थलिएको ठमेललाई सांगीतिक माहोलले तताउन आफूहरूले इन्डियन आइडल पवनदीपलाई ल्याउन लागेको क्लबका निर्देशक रविन श्रेष्ठले जानकारी दिए ।
कोभिडको समयमा कार्यक्रम गर्नु चुनौतीपूर्ण रहेपनि जनस्वास्थ्यको मापदण्ड अपनाएर भए पनि सांगीतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।

यसअघि एलओडीमा बलिवुड तथा हलिवुडका कलाकारले प्रस्तुति दिइसकेका छन् । बलिवुडका नेहा कक्कर र अर्मन मल्लिक आफ्नो शो गरिसकेका छन् ।

प्रतिक्रिया