दक्षिण कोरियाकी चर्चित अभिनेत्री किमको निधन
अखबार टुडे
प्रकाशित:
२०७८, २२ पुष

काठमाडौं, २२ पुस । दक्षिण कोरियाकी चर्चित दक्षिण कोरियाली अभिनेत्री किम मि सूको निधन भएको भएको छ ।

अन्तराष्ट्रिय मिडियाका अनुसार ३१ वर्षीय किम मि सूको निधनको कारण भने अहिलेसम्म थाहा नभएको जनाइएको छ । कोरियाली ट्याब्लोइड पत्रिका ओसेनका अनुसार किमको बुधबार राति निधन भएको हो ।

स्नोड्रप नामक सिरिजबाट चर्चा कमाएकी किम मि सूको निधनको पुष्टि उनले काम गरिरहेको एजेन्सी ल्यान्डस्केप इन्टरटेनमेन्टले गरेको हो । कम्पनीले विज्ञप्ति जारी गरी उनको निधनबारे बिहीबार जानकारी दिएको छ ।

अभिनेत्री किम मि सू दक्षिण कोरियाकी चर्चित मोडलसमेत थिइन् । उनले सन् २०१८ मा लिपस्टिक रिभोलुसन सिरिजबाट अभिनय थालेकी थिइन् । यसमा सहायक भूमिका मात्र खेलेपनि उनको अभिनयको बढी चर्चा भएको थियो ।

यसपछि उनी सन् २०२० मा ‘हाइ–बाइ मामा’ सिरिजमा देखापरेकी थिइन् । यसमा उनी प्रमुख पात्रकी बिहिनीका रूपमा देखापरेकी थिइन् । यसबीच पनि उनले केही कार्यक्रममा समेत काम गरिन् । उनलाई सबभन्दा धेरै चर्चा भने हालसालैको स्नोड्रप कार्यक्रमले नै दिएको थियो ।
किमको एजेन्सीले भनेको छ, ‘अभिनेत्री किम मी सूको जनवरी ५ को राति निधन भएको छ । एक्कासी दुखद खबरले परिवार स्तब्ध भएको छ ।’

एजेन्सीले अभिनेत्रीको मृत्युको बारेमा अफवाह फैलाउनबाट जोगिन पनि मानिसहरूलाई आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामीले यस दुखको घडीमा शोकसन्तप्त परिवारले मि–सूलाई सम्झन सकून् भनेर अफवाह वा अड्कलबाजी नगर्न अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया