मोटरसाइकलको ट्यांकीभित्र स्रोत नखुलेको ३८ लाख बरामद !
प्रकाशित:
२०७८, २२ पुष
धनुषा, २२ पुस । धनुषामा स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् ।
भारतबाट नेपाल आउँदै गरेको अवस्थामा यादव नगराइन नगरपालिका–२ बाट स्रोत नखुलेको रकमसहित पक्राउ परेको प्रहरी नायब महानिरीक्षक गणेश ठाडाले जानकारी दिए प्रदेश–२–०२००१प ०४८०८ नंको मोटरसाइकलको ट्यांकीभित्र लुकाएर ल्याउँदै गरेको सो रकम प्रहरीले बरामद गरेको हो । पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको छ । उनी हुण्डी कारोबारी हुनसक्ने प्रहरीको आशङ्का छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार