हाइपरसोनिक मिसाइलको दोस्रो सफल परीक्षण गरेको उत्तर कोरियाको दाबी
अखबार टुडे
प्रकाशित:
२०७८, २२ पुष

प्योङ्याङ, २२ पुस (एजेन्सी) । लोकतान्त्रिक जन गणतन्त्र कोरिया (DPRK) ले हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले बिहीबार जनाएको छ ।

बुधबार एकेडेमी अफ डिफेन्स साइन्सले प्रक्षेपण गरेको सो मिसाइलले ७०० किलोमिटर टाढाको लक्ष्यमा ठ्याक्कै प्रहार गर्नुअघि १२० किलोमिटर पछाडी चलेको थियो जसले नयाँ इन्धन प्रणालीको विश्वसनीयता प्रमाणित गरेको थियो । सेप्टेम्बरमा Hwasong-8 लाई प्रक्षेपण गरेपछि DPRK द्वारा पुष्टि गरिएको हाइपरसोनिक मिसाइलको यो दोस्रो परीक्षण हो ।

हाइपरसोनिक मिसाइल क्षेत्रमा परीक्षण प्रक्षेपणमा लगातार सफलताको रणनीतिक महत्त्व रहेको जनाइएको छ ।

आणविक परीक्षणको अन्तर्राष्ट्रिय समुदायद्वारा निन्दा

उत्तर कोरियाले गरेको आणविक परीक्षणको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको छ ।
उत्तर कोरियाले हिजो जापानको समुद्री तट नजिकै ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । अहिले यसलाई हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको जनाएको छ ।

पछिल्लो परीक्षणलाई लिएर दक्षिण कोरिया, जापान र अमेरिकाले आपत्ति जनाएका छन् । संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियालाई ब्यालेस्टिक क्षेप्यास्त्र र परमाणुअस्त्र परीक्षण गर्न प्रतिबन्ध लगाएको छ । आफूमाथि लागेका प्रतिबन्ध हटेमात्र आणविक परीक्षण नगर्ने उत्तर कोरियाले बताउँदै आएको छ ।

आणविक परीक्षणलाई लिएर दक्षिण कोरिया, जापान, अमेरिकाले आणविक होड त्याग्ने उत्तर कोरियाले आफ्नो पूर्ववत् प्रतिबद्धता उलङ्घन गरेको टिप्पणी गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उत्तर कोरियाले हिजो बिहान परीक्षण गरेको क्षेप्यास्त्र यस वर्षको पहिलो आणविक परीक्षण हो ।

प्रतिक्रिया