भारतीय प्रधानमन्त्री मोदी सुरक्षा संवेदनशील क्षेत्रमा झण्डै २० मिनेट जाममा फसेपछि के भयो ?
अखबार टुडे
प्रकाशित:
२०७८, २१ पुष

काठमाडौं, २१ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारीमा भएको लापरबाहीले बुधबार व्यापक आलोचना सँगै चर्चा भइरहेको छ । भारतीय मिडियाले जनाएअनुसार मोदीको सवारीमा सुरक्षा लापरबाही हुँदा उनी करिब २० मिनेट असुरक्षित बनेका थिए । घटना बुधबारकै हो ।

भारतीय मिडियाका अनुसार बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीको टोली निकै असुरक्षित क्षेत्रमा झन्डै २० मिनेट रहनुपरेको थियो । बुधबार मोदी जहाँ रोकिएका थिए, जुन स्थान सुरक्षाका लागि अति संवेदनशील मानिन्छ । त्यो ठाउँ थियो, पन्जाबको फिरोजपुर जिल्लाभित्र रहेको मुड्कीनजिक राष्ट्रिय राजमार्ग ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारत–पाक अन्तर्राष्ट्रिय सीमा त्यहाँबाट ४९ किलोमिटर मात्र पर छ र यस क्षेत्रमा लगातार टिफिन बम र अन्य विस्फोटक पदार्थ भेटिन्छन् । यस्तो अवस्थामा प्रधानमन्त्री मोदीको भ्रमणलाई ध्यानमा राखेर पन्जाब प्रहरीले जुन किसिमको व्यवस्था गर्नुपर्ने थियो, त्यस्ता नदेखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारत–पाकिस्तान अन्तर्राष्ट्रिय सीमासँग नजिक भएका कारण फिरोजपुर पन्जाबको निकै संवेदनशील जिल्ला हो । यहाँ प्रधानमन्त्री मोदीको ¥याली गर्ने भनेर करिब डेढ साता अगाडि नै घोषणा भएको थियो । अर्कातर्फ लुधियाना र पठानकोटमा भएका बम विस्फोटपछि पूरै पन्जाब उच्च सतर्कतामा छ । १५ सेप्टेम्बर २०२१ मा विस्फोट भएको जलालाबाद सहर पनि फिरोजपुरनजिकै छ र एनआईए अनुसन्धानले यो आतंकवादी हमला भएको स्पष्ट पारेको छ ।

सोही क्षेत्रमा टिफिन बम आपूर्ति

जलालाबाद विस्फोटपछि टिफिन बम आपूर्ति गरेको आरोपमा एनआईएद्वारा गिरफ्तार गुरुमुख सिंह रोडे मोगा जिल्ला रोडे गाउँका हुन्, जुन जर्नेल सिंह भिन्द्रनवालेको जन्मस्थल हो । भिन्द्रनवालेका भतिजा र पाकिस्तानमा शरण लिएका खालिस्तानका लामो समयदेखि अधिवक्ता लखवीर सिंह रोडे पनि यही क्षेत्रका हुन् ।

लखवीर सिंह रोडेले गुरुमुखमार्फत सीमा पारबाट टिफिन बम पु¥याएका थिए । गुरुमुखले केन्द्रीय एजेन्सीसामु एक वा दुईवटा टिफिन बम फिरोजपुर सेक्टरमा पु¥याएको स्वीकार गरेका थिए । यस्तो अवस्थामा प्रधानमन्त्री मोदीको ¥यालीको सूचनापछि पन्जाब प्रहरीसँग तयारीका लागि पर्याप्त समय थियो, तर यसको काउन्टर इन्टेलिजेन्स विभाग र अन्य गुप्तचर प्रणाली पूर्ण रूपमा असफल भएको भारतीय मिडियाले जनाएका छन् ।

प्रहरीले सुझाएको रुट नै त्रुटि

भटिन्डा विमानस्थलमा अवतरण गरेपछि प्रधानमन्त्री मोदी हेलिकोप्टरबाट फिरोजपुर पुग्नु थियो । तर, खराब मौसमका कारण बुधबार बिहानैदेखि हेलिकप्टर उड्न नसकेपछि पन्जाब प्रहरीले प्रधानमन्त्री मोदीको सुरक्षाको जिम्मा लिने स्पेसल प्रोटेक्सन ग्रुप एसपीजीलाई बाइरोडबाट फिरोजपुर पुग्न सुझाव दिएको थियो । पन्जाब प्रहरीले यो मार्गलाई सुरक्षित घोषणा गरेपनि यसमा ठूलो गल्ती भएको छ ।

पन्जाब पुलिसले रिहर्सल

भारतीय मिडियाका अनुसार भटिन्डा विमानस्थलमा अवतरण गरेपछि प्रधानमन्त्री मोदी सडक मार्गबाट फिरोजपुर प्रस्थान गरेका थिए । उनको टोली भटिन्डा फिरोजपुर चारलेन हुँदै गयो । एसपीजी प्रोटोकलअन्तर्गत प्रधानमन्त्रीको आवतजावतका लागि प्रयोग हुने रुटलाई हरेक हिसाबले जाँच गरिन्छ । पन्जाब पुलिसले मंगलबार भटिन्डा–फिरोजपुर चारलेनमा प्रधानमन्त्रीको काफिलाको रिहर्सल पनि गरेको थियो । त्यो बेला सबै ठीक थियो ।

पन्जाब सरकारले प्रधानमन्त्री मोदीको सुरक्षाका लागि १० हजार प्रहरी तैनाथ गरिएको दाबी गरेको छ । पन्जाब पुलिसले बुधबार बिहान भटिन्डा–फिरोजपुर चारलेन पनि जाँच ग¥यो र बिहान ७ बजेदेखि बिहान ९ बजेसम्म राजमार्गमा कुनै अवरोध थिएन । दिउँसो १२ बजेपछि एक्कासी अवस्था बिग्रन थालेपछि किसान संगठनका सदस्य र खराब तत्व राजमार्गमा पुग्न सफल भएका थिए ।

प्रधानमन्त्री मोदीको सुरक्षा टोलीले सडकबाट फिरोजपुर जाने निर्णय गरेको थियो । प्रधानमन्त्री मोदीलाई न कुनै धम्की आयो, न कुनै आक्रमण गरियो, तर अचानक मान्छेहरू सडकमा आएर बसेपछि तनाव भएको थियो ।

पन्जाबका मुख्यमन्त्री चरणजित सिंह चान्नीका अनुसार प्रधानमन्त्री मोदीको सुरक्षा टोलीले सडकबाट फिरोजपुर जाने निर्णय गरेको थियो । तर, मोदीलाई कुनै धम्की नआएको बताएका छन् । उनले भने, ‘प्रधानमन्त्रीलाई धम्की दिने खालका कुनै कुरा भएको छैन, आक्रमण पनि भएको छैन। एक्कासि मान्छेहरू आएर सडकमा बसे ।’

प्रतिक्रिया