राअवि प्रमुखमा यदुलाल खरेल नियुक्त
अखबार टुडे
प्रकाशित:
२०७८, २१ पुष

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभाग (राअवि)को प्रमुखमा यदुलाल खरेल नियुक्त भएका छन् । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) खरेललाई मुख्य अनुसन्धान निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

विभागको अहिलेका प्रमुख गणेश अधिकारी बिहीबारबाट अवकाशमा जाँदैछन् । मुख्य अनुसन्धान निर्देशकको ३ वर्षे पदावधिका कारण अधिकारीले अवकाश पाएका हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ पुस २३ मा दिलीप रेग्मीलाई हटाएर अधिकारीलाई मुख्य अनुसन्धान निर्देशक नियुक्त गरेका थिए ।

राष्ट्रिय अनुसन्धान विभागको प्रमुख बन्न यदुलाल खरेल र यादव रेग्मी प्रतिस्पर्धामा थिए । वरीयतामा यदुलाल खरेल रेग्मीभन्दा ४ महिना सिनियर थिए । मन्त्रिपरिषद्ले वरीयताअनुसार खरेललाई नियुक्त गरेको हो ।

गुप्तचर प्रमुख नियुक्त भएका खरेलले करिब ९ महिना विभागको कमाण्ड समाल्नेछन् । विभागको नियमावली अनुसार ५८ वर्षे उमेर हदका कारण खरेल २०७९ भदौ २० मा अवकाशमा जानेछन् ।

प्रतिक्रिया