अमेरिकामा एकैदिन १० लाख बढीमा संक्रमण, विश्वमा कोभिड महामारीको सबैभन्दा खराब स्थिति
अखबार टुडे
प्रकाशित:
२०७८, २० पुष

वासिंगटन, २० पुस (एजेन्सी) । संयुक्त राज्य अमेरिकामा सोमबार एकैदिन १० लाखभन्दा बढीमा कोभिड–१९ संक्रमण देखिएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ ।

अमेरिकामा विगत २४ घण्टामा करिब १.०७ मिलियन नयाँ संक्रमण पुष्टि भएको देखिएको छ, जुन विश्वमा कोभिड महामारीको सबैभन्दा नराम्रो स्थिति हो ।

नयाँ कोभिड–१९ मामिलाको संख्या पछिल्लो सात दिनमा दोब्बर बढेर प्रतिदिन औसत ४१८,००० पुगेको छ ।

यद्यपि, भाइरसको द्रुत फैलावटले देशको स्वास्थ्य सेवा प्रणालीमा थप दबाब मात्र दिएको छैन यसले अर्थतन्त्रलाई एकपटक फेरि नराम्रोसित प्रभाभित गरेको छ जसले गर्दा श्रमिकको अभाव, हजारौँ उडान रद्द र केही व्यवसायले फेरि आफ्नो ढोका बन्द गर्न बाध्य भएका छन् ।

प्रतिक्रिया