राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरू, ९ खेलाडीले बेलुकासम्म रिपोर्टिङ गर्ने
अखबार टुडे
प्रकाशित:
२०७८, १९ पुष

काठमाडौं, १९ पुस । नेपाली राष्ट्रिय क्रिकेट टिलीले आज(सोमबार)बाट प्रशिक्षण सुरू गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजदेखि प्रशिक्षण सुरू भएको हो ।

बन्द प्रशिक्षणको पहिलो दिन त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १४ जना खेलाडी उपस्थित भएका छन् । २० जना खेलाडीले क्यानलाई रिपोर्टिङ गरिसकेका छन् । ९ जना खेलाडीले बेलुकासम्म क्यानलाई रिपोर्टिङ गर्ने भएका छन् ।

शरद भेषावकर, मोहम्मद आरिफ शेख, कुशल मल्ल, मोहम्मद आशिफ शेख, साहब आलम, पवन सरार्फ, भीम सार्की, प्रदीप ऐरी, गुलशन कुमार झा, जितेन्द्र मुखिया, विवेक कुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर र किशोर महतो मैदानमा उपस्थित भएर अभ्यास थालिसकेका छन् ।

सागर ढकाल, विनोद भण्डारी, विक्रम सोब, सुशन भारी, नन्दन यादव र हरिशंकर शाह लगायत ९ जना खेलाडीको पीसीआर रिपोर्ट आउन बाँकी रहेकाले प्रशिक्षणमा सहभागी भएका छैनन् ।
प्रशिक्षक दासानायकेका अनुसार अन्य ९ खेलाडी भने सोमबार बेलुकासम्म होटेलमा उपस्थित हुने भएका छन् । कप्तान सन्दिप लामिछाने भने जनवरी अन्तिम साता मात्र नेपाल आइपुग्ने जनाइएको छ ।

यसअघि खेलाडी कारवाहीको बिरोधमा बन्द प्रशिक्षणमा अधिकांश खेलाडी गएका थिएनन् । नेपालले आगामी फेब्रुअरी १५ देखि ओमानमा सुरू हुने टी–२० विश्वकप ग्लोबल छनोटका लागि खेल्नेछ ।

प्रतिक्रिया