धनुषा, १८ पुस । पूर्व–पश्चिम राजमार्गस्थित धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहामा जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ । टायर बालेर सडक अवरुद्ध गरी बसेका आन्दोलन गरिरहेका
आइतबार बिहानैदेखि सडक जाम गरी बसेका जनमत कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा करिब आधा दर्जन घाइते भएका छन् । प्रहरीको गोली लागेर नथु यादव, राम दयाल मण्डल, सञ्जय साह, विजय यादव र वैजनाथ साह घाइते भएका हुन् । घाइतेमध्ये वैजनाथको टाउकामा गोली लागेको प्रहरीले जानकारी दिएको छ ।
धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार घटनामा परि दुई प्रहरी घाइते भएको बताएका छन् । झडपका क्रममा प्रहरी जवान विवेक कुमार साह र नारायण चौधरीको उपचार भइरहेको बस्नेतले जानकारी दिए । पहरीले अवरूद्ध सडक खुलाउन पटक पटक आग्रह गर्दा पनि उनीहरूले नमानेपछि प्रहरीले बल प्रयोग गरेको बस्नेतका भनाई छ ।
किसानलाई समयमै मल खाद्य उपलब्ध गराउनुपर्नेसहितका माग राख्दै जनमत पार्टीले गत पुस १५ गतेदेखि मधेशका जिल्लामा पूर्व पश्चिम राजमार्गमा चक्काजाम गर्दै आएका छन् । उनीहरुले चक्काजाम गर्दा प्रदेश २ का जिल्लामा प्रायः प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप हुँदै आएको छ ।