हतियारधारीले अपहरण गरेका २१ नाइजेरियाली बालबालिको उद्धार
अखबार टुडे
प्रकाशित:
२०७८, १८ पुष

लागोस, १८ पुस (एजेन्सी) । नाइजेरियाको प्रहरीले यहाँको दक्षिणी प्रान्त जाम्फाराबाट अपहरणमा परेका २१ बालबालिकाको उद्धार गरेको जनाएको छ ।
प्राप्त समाचारअनुसार ती बालबालिकालाई नाइजेरियाको विद्रोहीहरुको संस्था बोको हरामका हतियारधारीहरुले अपहरण गरी लगेका थिए ।
ती बालबालिका अपहरणमा परेको सूचना पाएपछि यहाँको प्रहरीले पिछा गरेको थियो । त्यसलगत्तै उनीहरुलाई भगाउँदै गरेका अवस्थामा प्रहरीले राजमार्गबाट अपहरणमुक्त गराएको हो । शनिबार अपहरणमुक्त गराएपछि प्रहरीले लगत्तै पत्रकार सम्मेलन गरेर सो विषयमा जानाकरी दिएको हो ।

प्रतिक्रिया