न्यूयोर्कमा राजेशपायलमाथि भएको दुर्व्यवहारप्रति नेपालमा सर्वत्र आलोचना
अखबार टुडे
प्रकाशित:
२०७८, १७ पुष

काठमाडौं, १७ पुस । नेपाली सांगीतिक क्षेत्रका मेगास्टार राजेशपायल राईमाथि अमेरिकाको न्युयोर्कमा दुर्व्यवहार भएको छ ।

अंग्रेजी नयाँ वर्षको अवसरमा सांगीतिक प्रस्तुती दिन न्युयोर्क पुगेका राजेशपायलमाथि दर्शकबाटै दुर्व्यवहार भएको हो । जसको अहिले सर्वत्र आलोचना भएको छ ।

शुक्रबार राती न्यू इयर ईभका अवसरमा सांगीतिक प्रस्तुती दिइरहेकै बेला एक जना व्यक्ति स्टेजमा प्रवेश गरेर राजेशपायलमाथि हातपात गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोमा राजेशपायल गीत गाइरहेका बेला एक दर्शक स्टेजमा चढ्छन् । राईमाथि ती दर्शकले पछाडिबाट न्याक्दै हातपात गर्ने प्रयास गरेको देदिन्छ । यद्यपि, अन्य दर्शकले ती व्यक्तिलाई त्यहाँबाट बाहिर निकालेको देखिन्छ । उनलाई कुटपिट हुनबाट दर्शकले जोगाएका छन् ।

अहिले सामाजिक सञ्जालमा हातपातको भिडियो भाइरल भएको छ । कतिपय गायक राईमाथि हातपात हुनुमा व्यवस्थापकको कमजोरी रहेको औँल्याएका छन् । नयाँ वर्ष २०२२ का अवसरमा आयोजित कार्यक्रममा सांगीतिक प्रस्तुतिका लागि उनी बुधबार मात्र न्यूयोर्कमा पुगेका हुन् ।

गायक राजेशपायलमाथि हातपात कसले र किन गर्यो भन्नेबारे खुल्न बाँकी छ । तर, राजेशपायलका फ्यान तथा नेपाली कलाकारले उक्त घटनाप्रति भत्र्सना गर्दै दोषीमाथि कारबाही गर्न माग गरिरहेका छन् ।

यसैक्रममा संगीतकार पारस मुकारुङले पनि राजेशपायल प्रति आक्रमण प्रयास भएकामा आलोचना गरेका छन् । मुकारुङले शनिबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेपालका चर्चित कलाकारमाथि दुर्व्यवहार भएकोप्रति भत्र्सना गर्दै लेखेका छन्, ‘नेपालको शान, एक सफल गायक, जसले तीन दशकदेखि निरन्तर नेपाली संगीतमा योगदान दिइरहेको छ । राजेशपायल राई नेपाली संगीतको इतिहासमा नै यति लामो समयसम्म चर्चामा रहिरहने एकमात्र गायक हु । दुःख लागेको छ अमेरिकाको न्युयोर्कमा भइरहेको स्टेज कार्यक्रममा राजेशपायल राईमाथि भएको दुव्र्यवहारको गम्भरी निन्दा गर्दछु । आयोजक कमिटीलाई ध्यानाकर्षण गराउन चाहन्छु कि यो कसरी भयो ? छानबिन होस ।’

यस्तै, अर्का गायक भीषण मुकारुङ पनि राजेशपायलप्रति दुर्व्यवहार भएकामा आपत्ति जनाएका छन् । उनले आइतबार समाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालका सुप्रसिद्ध गायक राजेशपायल राई ज्यूलाई न्यूयोर्कमा भइरहेको कार्यक्रममा प्रस्तुति गरिरहेकै बेला एक ब्यक्तिले गरेको अपमानजनक कार्यको म घोर भत्र्सना गर्दै आयोजकलाई ध्यानाकर्षण गराउँदछु । साथै, दोषीलाई हदैसम्मको कारबाही होस् भन्ने माग राख्दछु ।’

नेपाली सांगीतिक क्षेत्रमा एक क्षत्र राज गर्दै आएका राजेशपायल राई कोरोना महामारीपछि पहिलो पटक सांगीतिक प्रस्तुतीका लागि अमेरिका पुगेका हुन् । राजेशपायल नेपालमा भन्दा विदेशमा हुुने कार्यक्रममा बढी व्यस्त हुँदै आएका छन् । तर, उनीमाथि पहिलोपटक यस्तो दुव्र्यवहार भएको हो ।

आफूमाथि भएको दुव्र्यवहारमा राजेशपायलले औपचारिक रुपमा कुनै प्रतिक्रिया दिएका छैनन् । तर, उनले जतिखेर आफूमाथि दुव्र्यवहार भएको थियो, त्यसलाई सामान्यरुपमा लिँदै भने, ‘अगाडिबाट आए आगो पनि निल्छु, तर पछाडिबाट अँगालो मारेको छ, जसलाई सहजरुपमा लिएको छु ।’ हाल अमेरिकामा रहेका कारण राजेशपायलसँग प्रतिक्रिया लिन असम्भव भएको र चाँडै सत्यतथ्य के हो सार्वजनिक गर्नेछौँ ।

प्रतिक्रिया