ललिता निवास जग्गा प्रकरणमा १२० जना विरुद्ध पक्राउ पुर्जी
अखबार टुडे
प्रकाशित:
२०७८, १६ पुष

काठमाडौं, १६ पुस । काठमाडौँ जिल्ला अदालतले ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा १२० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
गत आइतबार यता पहिलो पटक ७७ जना, त्यसपछि ४५ जना र शुक्रबार आठ जना विरुद्ध पक्राउ पूर्जी जारी गरिएको उक्त अदालतका श्रेस्तेदार घनेन्द्र इटेनीले जानकारी दिए ।
सरकारी जग्गा हिनामिना प्रकरणमा उच्च पदस्थ कर्मचारी, भूमाफिया तथा व्यापारीसमेत जोडिएका थिए । सो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको छ ।

प्रतिक्रिया