कांग्रेसले आज मेलमिलाप दिवश मनाउँदै
प्रकाशित:
२०७८, १६ पुष
काठमाडौं । नेपाली कांग्रेसले आज ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ बनाउँदैछ । कांग्रेसले आफ्ना संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन १६ पुसलाई ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ ।
मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्छ भन्ने सोचका साथ प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, लौहपुरुष गणेशमान सिंहलगायत नेताहरु मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।
मेलमिलाप दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रज नेताहरुकै नीतिको जगमा लोकतान्त्रिक परिवर्तन सम्भव भएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार