
काठमाडौं, १४ पुष । काठमाडौं जिल्ला अदालतले इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने ओदश दिएको छ ।
सहकारीमा रकम वचत गर्नेहरुको रकम ठगी गरेको आरोपमा न्यायाधीश राजकुमार कोइरालाको इजलासले तामाङलाई थुनामा पठाउने आदेश दिएको हो । अदालतले सञ्चालक समिति अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि थुनामा पठाउन आदेश दिएको छ ।
यस्तै, बिजय बिक्रम शाहीलाई १५ लाख, भगवानबहादुर सिंह (डंगोल) लाई १० लाख, बुद्ध राज तामाङलाई ५ लाख, कौस्तुभ केतन ढुङगानालाई ५ लाख, एलिना तुलाधरलाई ५ लाख, मायोनानी महर्जनलाई ५ लाख, शंकरप्रसाद पाठकलाई २ लाख ५० हजार, राकेश महर्जनलाई ५० हजार धरौटीमा रिहा गर्ने अदालतले आदेश दिएको छ । संगित श्रेष्ठलाई भने साधारण तारेखमा रिहा गरिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वसांसद् तथा सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ्सका संस्थापक अध्यक्ष समेत रहेका तामाङले ठगी गरेको निष्कर्षसहित ५ अर्ब ६७ करोड बिगो माग दाबी गर्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
त्यही प्रतिवेदनका आधारमा दायर मुद्दामा उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो । तामाङविरुद्ध एक हजार ४९९ जनाले किटानी जाहेरी दिएका थिए ।