चन्द्रागिरीमा हिउँ पर्यो फुरुरु…
प्रकाशित:
२०७८, १४ पुष
काठमाडौं, १४ पुस । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कारण देशभर वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गएरातिदेखि सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ ।
यतिबेला काठमाडौँमा पनि वर्षा भइरहेको छ । काठमाडौँमा वर्षासँगै प्रमुख पर्यटकीय केन्द्र चन्द्रागिरिमा हिमपात सुरु भएको छ ।
चन्द्रागिरी हिल्स लिमिटेडका जेनेरल म्यानेजर अभिषेक बिक्रम शाहले चन्द्रागिरीमा हिमपात सुरु भएको जानकारी दिएका हुन् ।
हिउँद लागेपछि यो वर्ष पहिलोपटक चन्द्रागिरिमा हिउँ परेको हो । साथै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि हिमपातपछि देशभर चिसो बढेको छ ।
प्रतिक्रिया