पारिश्रमिक नदिनेलाई अभिनेत्री परमिताको यस्तो चेतावनी
अखबार टुडे
प्रकाशित:
२०७८, १३ पुष

काठमाडौं, १३ पुस । नेपाली चलचित्र वा म्युजिक भिडियोमा काम गर्ने कलाकार, प्राविधिकदेखि निर्देशकसम्म पारिश्रमिक नपाएर हैरान भएका खबर आइरहेका हुन्छन् ।

पारिश्रमिककै विवाद कहिलेकहीँ मिडियामा छताछुल्ल हुने गरेको छ । मोडल तथा अभिनेत्री परमिता आरएल राणाले पनि आफूले पारिश्रमिक नपाएको गुनासो सामाजिक सञ्जालमार्फत व्यक्त गरेकी छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै परमिताले पारिश्रमिक नपाउँदा निकै दुःख लागेको उल्लेख गरेकी छन् । उनले पारिश्रमिक पाउन बाँकी मेकरहरुको नामसमेत सार्वजनिक गरिदिने चेतावनीसमेत दिएकी छन् ।

अभिनेत्री परमिताले लेखेकी छन्, ‘मलाई यो भनिरहँदा दुःख लागेको छ । तर, एउटै विकल्प यही नै हो । मैले एउटा चलचित्रमा काम गर्दा त्यसको पारिश्रमिक एक वर्षपछि मात्र पाएकी छु ।’

परमिताले नेपाली म्युजिक तथा चलचित्र क्षेत्रमा काम गर्न आउनेहरु यो विषयमा पहिले नै मानसिक रुपमा तयार हुनुपर्ने सुझावसमेत दिएकी छन् । नेपाली चलचित्र, म्युजिक भिडियो र मोडलिङ क्षेत्रमा काम गर्दाको पारिश्रमिक नपाएर बारम्बार भाका सारेको कुराले दिक्क भएको उनको तर्क छ ।

प्रतिक्रिया