एकीकृत समाजवादी र नेकपा जनवादी पार्टीबीच एकता
अखबार टुडे
प्रकाशित:
२०७८, १३ पुष

काठमाडौं, १३ पुस । नेकपा एकीकृत समाजवादी र नेकपा जनवादी पार्टीबीच एकता भएको छ । मंगलबार राष्ट्रिय सभागृह प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा एक समारोहबीच दुई पार्टीबीच एकताको घोषणा भएको हो ।

एकता घोषणा कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित दुवै पार्टीका शीर्ष नेताहरू उपस्थित छन् । नेकपा जनवादी २०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेको घटक हो । यसको नेतृत्वमा देवेन्द्रसिंह महता थिए ।

एकता समारोहमा दुवै पार्टीका शीर्ष तहका नेताहरु सहभागी थिए । पार्टी एकता कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा जनवादीका अध्यक्ष देवेन्द्र सिंह महतासहितका नेताहरुलाई अबिर लगाएर स्वागत गरेका थिए ।

साविक नेकपाको दर्तालाई २३ फागुन २०७७ मा सर्वोच्च अदालतले खारेज गरिदिएपछि एमाले र माओवादी केन्द्र अलग अलग भए । आन्तरिक किचलोका कारण अन्ततः एमाले विभाजन भएर नेता नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका थिए ।

प्रतिक्रिया