कोभिड ओमिक्रोन- दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यु
अखबार टुडे
प्रकाशित:
२०७८, १२ पुष

नयाँदिल्ली, १२ पुष । कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन सङ्क्रमणमा निरन्तर वृद्धि देखिएको भन्दै भारत सरकारले राजधानी नयाँ दिल्लीमा सोमवारबाट पुनः रात्रिकालीन कर्फ्यु लगाउने निर्णय गरेको छ ।

बीबीसी हिन्दीका अनुसार दिल्ली सरकारले राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो । पछिल्लो २४ घण्टामा दिल्लीका २९० जना नयाँ सङ्क्रमणका घटना पुष्टि हुँदा दिल्लीमा एक जनाको मृत्यु भएको थियो । उक्त सङ्ख्या पछिल्लो छ महिनायताकै सर्वाधिक भएको बताइएको छ । हालसम्म भारतमा चार सयभन्दा बढी ओमिक्रोन भेरिअन्ट सङ्क्रमणका घटना पुष्टि भएका छन् ।

दिल्लीबाहेक अरू कैयौँ भारतीय राज्यले पनि रात्रिकालीन निषेधाज्ञा लगाइरहेका छन् र मानिसहरूलाई भेला हुनबाट रोकिरहेका छन् । तर कैयौँ मानिसले अधिकांश ठूला भेलाहरू दिनमा हुने गरेका भन्दै पछिल्ला घोषणाबारे प्रश्न उठाइरहेका छन् ।

प्रतिक्रिया