नोबल शान्ति पुरस्कार विजेता रंगभेदविरोधी दक्षिण अफ्रिकी नेता डेसमण्डको निधन
अखबार टुडे
प्रकाशित:
२०७८, ११ पुष

जेहान्सवर्ग, ११ पुस (एजेन्सी) । दक्षिण अफ्रिकामा रङ्गभेद अन्त्य गर्न प्रमुख भूमिका खेलेका नेता डेसमण्ड टुटुको ९० वर्षको उमेरमा आइतकार बिहान केप टाउनमा निधन भएको छ ।

नोबल शान्ति पुरस्कार विजेता इसाई पादरी टुटुको मृत्यु दक्षिण अफ्रिकी राष्ट्रपति सिरील रामाफोसाले एक विज्ञप्तिमार्फत पुष्टि गरेका छन् ।
राष्ट्रपति रामाफोसाले उनको मृत्यु ‘उत्कृष्ट दक्षिण अफ्रिकीहरूको एक पुस्ताको बिदाइको एक अध्याय’ भएको बताएका छन् ।

उनले ‘स्वतन्त्र दक्षिण अफ्रिका प्राप्तिका लागि टुटुले अग्रस्थानमा रहेर सहयोग गरेको उनले बताएका छन् । नेल्सन मन्डेलाका समकालीन टुटु सन् १९४८ देखि सन् १९९१ सम्म दक्षिण अफ्रिकामा कायम रङ्गभेदी नीतिको अन्त्य गर्ने आन्दोलनको एक प्रमुख व्यक्तित्व रहेका थिए ।

सन् १९८४ मा नोबल शान्ति पुरस्कार दिइएका टुटु आफ्नो व्यक्तित्व र कार्यले दक्षिण अफ्रिका र अन्तर्राष्ट्रिय रूपमा लोकप्रिय बनेका थिए । अश्वेत जातीका टुटु आफ्नो विचार र कार्यका कारण सधैँ दक्षिण अफ्रिकामा अल्पमत श्वेत शासकहरूसँग सङ्घर्षमा रहेको तर जीवनभर उनले आफ्नो उद्देश्य राजनीतिक नभई धार्मिक भएको बताउँदै आएका थिए ।

प्रतिक्रिया