चीनद्वारा नयाँ अप्टिकल उपग्रहको सफलतापूर्वक प्रक्षेपण
अखबार टुडे
प्रकाशित:
२०७८, ११ पुष

काठमाडौं, ११ पुष । चीनले पृथ्वीको सतहको रिमोट सेन्सिङको लागि नयाँ अप्टिकल उपग्रह, जियान–१ ०२ इ सफलतापूर्वक प्रक्षेपण गरेको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (CNSA) ले आइतबार जनाएको छ ।

स्थानीय समय अनुसार बिहान ११ः११ बजे (०३ः११ जि एम टी) देशको उत्तरपश्चिमी प्रान्त शान्सीको ताइयुआन स्याटेलाइट लन्च सेन्टरबाट लङ मार्च–४सी (चाङ्झेङ ४ पनि भनिन्छ) प्रक्षेपण वाहन प्रयोग गरी प्रक्षेपण गरिएको स्पुतनिकले जनाएको छ ।

पृथ्वीको सतहको फोटो खिच्नुका साथै जियान–१ ०२ इ ले स्थलीय प्राकृतिक स्रोतहरूको अध्ययन र व्यवस्थित गर्ने अन्तरिक्ष एजेन्सीले उल्लेख गरेको छ ।

जियान–१ ०२इ को अतिरिक्त एउटा सानो वैज्ञानिक उपग्रह जुन चीन–अफ्रिका अन्तरिक्ष अन्वेषण परियोजनाको उपनाम जिवाङ (होप) को भाग हो । उच्च विद्यालयका विद्यार्थीहरूको लागि अनुसन्धान प्लेटफर्मको रूपमा प्रयोग गर्न सो उपग्रह कक्षमा पठाइएको हो ।

प्रतिक्रिया