म्यानमारमा ३० भन्दा धेरै शव जलेको अवस्थामा भेटियो, सेनाले जलाएको आशङ्का
अखबार टुडे
प्रकाशित:
२०७८, ११ पुष

काठमाडौं, ११ पुष (एजेन्सी)। म्यानमारको द्वन्द्वग्रस्त काया राज्यमा महिला र बालबालिका सहित ३० भन्दा बढी व्यक्तिको शव जलोको अवस्थामा भेटिएको छ ।

स्थानीय मानव अधिकार समूह तथा मिडिया रिपोर्टहरूका अनुसार शनिबार हप्रुसो सहरको मो सो गाउँ नजिकै मारिएका वृद्ध, महिला र बालबालिका सहित आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको जलेको शव फेला पारेको हो ।

ती शवहरु म्यानमारको सेनाले जलाएर गाडेको हुनसक्ने आशङ्का गरिएको छ । राज्य मिडियाले म्यानमारको सेनाले गाउँमा विपक्षी सशस्त्र बलका हतियारसहितका आतंककारीहरूलाई गोली हानेर मारेको बताएको छ ।

सुरक्षाको कारणले नाम नखुलाउन नसक्ने एक स्थानीयले शुक्रबार राति आगलागी भएको थाहा पाए पनि गोली चलिरहेकोले घटनास्थलमा जान नसकेको बताए । उनले रोयटर्सलाई भने, ‘म आज(शनिबार) बिहान हेर्न गएको थिएँ । मैले जलेको शव र बालबालिका र महिलाको लुगा वरिपरि फैलिएको देखेको छु,’।

नोभेम्बरमा भएको निर्वाचनमा उनको पार्टीले जितेको दाबी गर्दै नोबेल पुरस्कार विजेता आङ सान सुकीको निर्वाचित सरकारलाई सेनाले अपदस्थ गरेपछि म्यानमारमा अशान्ति छाएको छ । विद्रोह र प्रदर्शनकारीमाथिको क्र्याकडाउनबाट आक्रोशित नागरिकहरूले हतियार उठाइरहेका छन् । देशैभरि धेरै स्थानीय प्रतिरोधी शक्तिहरू फैलिएका छन् । सेनाले धेरै विपक्षीहरूलाई गैरकानुनी घोषित गरेको छ । उनीहरूलाई देशद्रोही वा आतंककारीको लेबल लगाएको छ ।

प्रतिक्रिया