कराचीमा पीटीआई नेताको गोली हानी हत्या
अखबार टुडे
प्रकाशित:
२०७८, १० पुष

इस्लामाबाद, १० मंसिर (एजेन्सी) । पाकिस्तान तेहरेक–ए–इन्साफ (पीटीआई) का स्थानीय नेतालाई गोली हानी हत्या गरेको ‘द न्युज इन्टरनेशनल’ले जनाएको छ ।

शुक्रबार पञ्जाब प्रान्तको कराची शहरमा अज्ञात सशस्त्र मानिसहरूको एक जत्थाले गोली हानी हत्या गरेको हो । घटना दिउँसोको समयमा भएको बताइएको छ । उक्त घटनामा पीटीआई नेताको मृत्यु भएको र थप एक जना सख्त घाइते भएका बताइएको छ ।

एसएचओ मुमताज मारवतका अनुसार पीडितको जग्गा हडप्नेहरूसँग जग्गाको टुक्रामा विवाद भएको थियो र मलिर अदालतमा सुनुवाइबाट घर फर्कने क्रममा उनलाई निशाना बनाइएको थियो ।

घाइते व्यक्तिले प्रहरीलाई आफ्नो प्रारम्भिक बयानमा भनिएको छ, उनीहरू अदालतबाट निस्किएको केही समयपछि नै उनीहरूको कारमाथि आक्रमण भएको थियो तर उनीहरू भागेका थिए । तर, हतियारधारीहरूले उनीहरूलाई पछ्याउन जारी राखे र फेरि मुर्गीखाना स्टप नजिकै उनीहरूलाई निशाना बनाए ।

घटनामा सम्लग्न व्यक्तिहरू आक्रमणपछि भागेको र प्रहरीले उनीहरूको खोजी गरिरहेको जनाएको छ । आक्रमणमा घाइते भएका पीडितहरूलाई नजिकैको अस्पतालमा लगी उपचार भइरहेको छ ।

पीटीआई नेता गैरकानुनीरूपमा ओगटिएको जग्गाका विषयमा स्थानीय अदालतमा सुनुवाइपछि घर फर्कंदै गर्दा उनीमाथि आक्रमण भएको हो ।

पीटीआई नेतृत्वले घटनाको निन्दा गर्दै दोषीलाई तत्काल पक्राउ गर्न माग गरेको छ । घटनाबारे थप जानकारी विस्तृत अनुसन्धानपछि मात्र दिन सकिने प्रहरीले बताएको छ ।

प्रतिक्रिया