कोभिडविरुद्धको खोप : हालसम्म नेपालमा २ करोड ३० लाख ९५ हजार ६४७ मात्रा लगाइयो
अखबार टुडे
प्रकाशित:
२०७८, १० पुष

काठमाडौं, १० पुस । शनिबार देशभर थप १६७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४४७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५७ र एन्टिजेन विधिबाट १० जनामा संक्रमण पुष्टि भएको हो ।

यसैअवधिमा २२६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपाल हालसम्म कूल संक्रमितमध्ये ८ लाख १० हजार ४९७ जना संक्रमणमुक्त भइसकेका छन् ।

नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको छ । हाल देशभर ४ हजार ९७८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयको तथ्यांकले देखाउँछ ।
यस्तै, कोभिड–१९ को संक्रमणबाट शनिबार थप १ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर ११ हजार ५८३ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ५५ हजार ४५८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

हालसम्म २ करोड ३० लाख ९५ हजार ६४७ मात्रा कोरोनाविरुद्धको खोप लाइसकिएको छ । यसमध्ये ९९ लाख ८५ हजार ५६८ जनाले पूर्ण मात्रा र १ करोड ३१ लाख १० हजार ७९ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया