यस कारण बलिउड अभिनेत्री ज्याकलिनको १० करोड जफत हुँदै
अखबार टुडे
प्रकाशित:
२०७८, ९ पुष

काठमाडौं, ९ पुस । बलिउडमा अभिनेत्री ज्याकलिन फर्नान्डिजको नाम यतिखेर चर्चामा छ । मनी लन्ड्रिङ मामलामा सुकेश चन्द्रशेखरसँग नाम जोडिएपछि उनी चर्चामा आएकी हुन् । भारतीय मिडियाले जनाएअनुसार सुकेशले ज्याकलिनमाथि करोडौँ रुपैयाँ खर्च गरेका छन् ।

अहिले उक्त मामलाको जाँच एनफोर्समेन्ट अनुसन्धान भइरहेको बताइएको छ । सुकेश मनी लन्ड्रिङ मामलामा दुई सय करोड रुपैयाँको हो । सुकेशले ज्याकलिनलाई करोडौँको उपहार दिएकाले अब इडीले उनले पाएको करिब १० करोड बराबरको सम्पत्ति जफत गर्ने तयारी गरिरहेको छ ।

अभिनेत्री ज्याकलिनले सुकेशबाट डिसेम्बर २०२० देखि अगस्ट २०२१ बीचमा करिब १० करोड रुपैयाँभन्दा बढी उपहार पाएकी थिइन् । सुकेशले ज्याकलिनलाई दुई जोडी डायमण्ड इयररिङ, दुई ब्रासलेट, लुईस बटनको जुत्ता, ९ लाखको चार बिरालो र ६७ लाखको घोडाजस्ता उपहार दिएका थिए । सुकेशले अर्की अभिनेता नोरा फतेहीलाई बीएमडब्ल्यू कार पनि उपहारमा दिएको बताइएको थियो । जसलाई पनि इनफोर्समेन्ट डायरेक्टरेट जफत गर्ने तयारीमा छ ।

डायरेक्टरेटका अनुसार ज्याकलिन सुकेशसँग सन् २०१७ देखि सम्पर्कमा थिइन् । उनले आफ्नो परिचय दिवंगत जयललिताको परिवारसँग जोडेका छन् । इडीका अनुसार ज्याकलिनकी बहिनीले सुकेशबाट डेढ लाख डलर ऋण लिएकी छन् । यसबाहेक १५ लाख रुपैयाँ उनको भाइको एकाउन्टमा सारिएको छ ।

प्रतिक्रिया