दुबईका शासकसँग राजकुमारी हायाको सम्बन्धविच्छेद र अर्बौं रकमको कथा
अखबार टुडे
प्रकाशित:
२०७८, ९ पुष

काठमाडौं, ९ पुष (एजेन्सी) । दुबईका अर्बपति शासक शेख मोहम्मद बिन राशिद अल मकतुम र उनकी पूर्व पत्नी प्रिन्सेस हया बिन्त अल हुसेनबीच सम्बन्ध विच्छेदका लागि अनुमति प्राप्त भएपनि दुबईका शासक मकतुमले ५० करोड पाउण्ड अर्थात करिब ८० अर्ब रुपैयाँ भन्दा धेरै रकम पूर्व पत्नीलाई दिनुपर्ने भएको छ ।

यसलाई बेलायती कानुनी इतिहासमा सबैभन्दा ठूलो सम्बन्धविच्छेदको मुद्दाको रूपमा वर्णन गरिएको छ । बेलायतको उच्च अदालतले मंगलबार जोर्डनका पूर्व राजा हुसेनकी ४७ वर्षीया छोरी राजकुमारी हाया बिन्त अल हुसेनलाई २५१.५ मिलियन पाउण्डको एकमुष्ट सम्झौता गरेको छ । शेख मोहम्मद बिन राशिद अल मकतुम संयुक्त अरब इमिरेट (यूएई) का प्रधानमन्त्री हुन् । उनी घोडा दौडको विश्वका पौराणिक व्यक्तित्वहरूमा पनि गनिन्छन् । उनले ६ वटा विहे गरेका थिए । हया उनकी कान्छी श्रीमती थिइन् ।

बेलायतको उच्च अदालतले दिएको फैसला अनुसार राजकुमारी हयालाई दिएको पैसाबाट उनको दुईवटा सम्पत्तिको मर्मत सम्भार खर्च गरिने छ । थव रुपमा सुरक्षा बजेट, बिदा, एक नर्स, कामदारको ज्याला र उनको बस्ने खर्च, परिवारका लागि गाडी र पाल्तु जनावरको लागि गरिने खर्च हुने जनाइएको छ । फैसलामा दुई बालबालिकालाई ५६ लाख पाउण्ड वार्षिक रुपमा दिन भनिएको छ । दुई मध्ये १४ वर्षकी एक छोर र एक ९ वर्षका छोरा छन् । उनले २९ करोड पाउण्डको ग्यारेन्टि पनि दिनु छ ।

राजकुमारी हायाको जन्म मे १९७४ मा भएको थियो । उनका बुबा जोर्डनका शाह हुसेन थिए भने आमा महारानी आलिया अल हुसेन थिइन् । जब राजकुमारी हाया मात्र तीन वर्षकी थिइन्, उनकी आमाको हेलिकप्टर दुर्घटनामा मृत्यु भयो । राजकुमारी हायाले आफ्नो बाल्यकाल बेलायतमा बिताइन् । उनले दुईवटा निजी विद्यालयमा पढाइ पूरा गरे । यसमा ब्रिस्टलको ब्याडमिन्टन स्कूल र डोर्सेटको ब्रायनस्टन स्कूल समावेश छ ।

त्यसपछि उनले अक्सफोर्ड विश्वविद्यालयबाट राजनीति, दर्शन र अर्थशास्त्र पढे । यसअघिका केही अन्तर्वार्तामा उनले आफूलाई बाज, सुटिङ र ठूला मेसिनको शौक रहेको बताएकी थिइन् । यसबाहेक उनले ठूलो ट्रक चलाउने लाइसेन्स प्राप्त गर्ने जोर्डनमा आफू मात्रै महिला भएको दाबी गरिन् ।

राजकुमारी हायालाई घोडसवारी पनि मन पर्छ । जब उनी २० वर्षकी हुँदा उनले घोडा सवारीलाई आफ्नो करियरको रूपमा रोजिन् । राजकुमारी हायाले २००० ओलम्पिक खेलहरूमा इक्वेस्ट्रियनिज्ममा जोर्डनको प्रतिनिधित्व पनि गरेकी थिइन् । हायाको सन् २००४ मा छैठौं श्रीमतीको रुपमा मकतुमसँग विवाह भयो । त्यतिबेला उनी ३० वर्षकी थिइन् भने मकतुम ५५ वर्षका थिए । मुकतमकी अरू श्रीमतीबारे भने सार्वजनिक जानकारी छैन ।

पारिवारिक कलहका कारण राजकुमारी हया सन् २०१९ मा आफ्ना सन्तानसहित दुबईबाट भागेर बेलायत आइन् । बेलायतमा शरण लिएपछि उनले आफ्ना पतिविरूद्ध अदालती प्रक्रिया थालेकी थिइन् । बेलायत आउँदा धम्की आउने गर्दथिन् । ‘तिमी जहाँ बस्छौ, त्यहाँ पनि पुग्न सक्छौँ’ भन्ने सन्देश हायामा आउँथ्यो । त्यसपछि बेलायतमा उनको सुरक्षा बढाइएको थियो ।

सोही वर्ष अदालतले शेख मोहम्मदले राजकुमारी हया, उनका अंगरक्षक र कानुनी टोलीको मोबाइल फोन अवैध रूपमा ह्याक गरेको फैसला सुनायो । हायाको मोबाइल ह्याक गर्न मुकतमले इजरायलको पेगासस सफ्टवेयर प्रयोग गरेको अदालतले उल्लेख गरेको छ। फैसलामा न्यायाधीश मुरले राजकुमारी हायाको आगामी दिनमा सुरक्षा ग्यारेन्टी गर्न पनि आदेश दिएका छन् ।

७२ वर्षीय मुकतम संसारका अर्बपति शासकहरूमध्ये पर्छन् । उनको सम्पत्ति ४ अर्ब अमेरिकी डलर छ । संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खालिफा उनैले बनाउन लगाएका थिए । उनका दुबई होल्डिङलगायत कम्पनीहरू छन् । मकतुमकी छोरी ३५ वर्षीय लतिफा अल मकतुमले सन २०१८मा दुबईबाट भाग्न कोशिश गरेकी थिइन् । यसरी देश छोड्न प्रयास गर्ने उनी मुकतमकी दोस्रो सन्तान हुन्। ६ जना श्रीमतीबाट मुक्तमका ३० छोराछोरी भएको बताइन्छ ।

बाहिर जाने, घुम्ने, गाडी चलाउने, पढ्ने चाहनाले आफू विदेश जान लागेको लतिफाले बताएकी थिइन् । देशबाट भाग्न निकै गाह्रो भएकाले उनले आफ्ना मार्सल आर्ट्स प्रशिक्षकको सहारा लिएकी थिइन् । जनवरी २०१८मा उनीहरू दुबईबाट डुंगामा भागेका थिए । अमेरिकामा गएर राजनीतिक शरण माग्ने लतिफाको योजना थियो ।

आठ दिनपछि उनीहरू चढेको डुंगा भारतको नजिक आएको थियो । त्यही बेला उनीहरूलाई कमाण्डोले पक्राउ गरेका थिए। पक्राउ परेपछि लतिफालाई विद्युतीय झड्का दिइएको थियो र उनी बेहोस भएपछि निजी जहाजमा राखेर दुबई लगिएको थियो । उनलाई पक्रनमा भारत सरकारको के भूमिका थियो भन्नेबारे अहिलेसम्म नयाँदिल्लीले कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया