माओवादी राष्ट्रिय सम्मेलन : १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा प्रचण्डलाई
अखबार टुडे
प्रकाशित:
२०७८, ९ पुष

काठमाडौं, ९ पुस । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि टुंग्याएको छ । शुक्रबार बसेको स्थायी समिति बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले नियमित प्रक्रियाबाट आएका १४८३ र त्यसको १० प्रतिशत मनोनयन गर्ने भएको छ ।

प्रतिनिधि मनोनयनको जिम्मा बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । प्रवक्ता महराका अनुसार १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा अध्यक्षलाई दिएको छ । यसअघि माओवादीले ५ प्रतिशत मनोनयन गर्ने भनेकोमा त्यसलाई बढाएर १० प्रतिशतमा पुर्याएको हो ।

महराका अनुसार १० प्रतिशत मनोनयन गर्दा १ सय ४८ जना प्रतिनिधि छानिने छन् । माओवादीले यसअघि सम्मेलनमा १५ सय ३३ प्रतिनिधि हुने भनेको भएपनि अब त्यो संख्या १६ सय ८ हुने भएको छ । नेकपा माओवादीको राष्ट्रिय सम्मेलन यही पुस ११–१३ मा काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया