मेलिना राईको स्वर रहेको ‘सँगै बाँचौला’ सार्वजनिक
अखबार टुडे
प्रकाशित:
२०७८, ९ पुष

काठमाडौं, ९ पुष । मेलिना राईको स्वरमा रहेको ‘सँगै बाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।‘सिजन इन्टरटेन्मेन्ट’द्वारा निर्माण गरिएको सो भिडियोलाई सिजन टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
रेजिना तुलाधरकोे निर्देशनमा बनेको उक्त भिडियो नेपालकै गाउँघरको यथार्थपरक कथामा आधारित छ । भिडियोमा प्रदीपराज वन्त र सविता श्रेष्ठको अभिनय रहेको छ ।
गीतकार सन्तोषजङ्ग थापाको शब्द रचना तथा नवीन कार्कीकोे सङ्गीत रहेको उक्त गीतमा सुमन केसीको सम्पादन रहेको छ ।

प्रतिक्रिया