४१ वर्षीया श्वेताका ‘घायल’ बनाउने तस्बिरहरु
अखबार टुडे
प्रकाशित:
२०७८, ७ पुष

काठमाडौं, ७ पुस । श्वेता तिवारी भारतीय टेलिभिजनकी चर्चित अभिनेत्री हुन् । ‘कसौटी जीन्दगी की’ नामक सिरियलमार्फत चम्केकी श्वेताको भारतमा मात्र नभएर नेपालमा समेत उत्तिकै फ्यान छन् ।

श्वेताको दम्दार अभिनय त छ नै, उनको सुन्दर रुपले समेत उनका फ्यान नतमस्तक हुने गरेका छन् । ४१ वर्षीया श्वेताको रुपरंगले नलठ्ठिने कमै होलानन् । ‘यो उमेरमा पनि यस्तो ?’ धेरैले श्वेताको हट एण्ड बोल्ड लुक्स देखेर प्रश्न गर्छन् ।

श्वेताको सुन्दरतको रहस्य के हो त ? रहस्य केही होइन, उनका अनुसार उनी जिममा पसिना बगाउँछिन् । र, आफ्नो ज्यानका लागि उनी कडा मेहनत गर्छिन् । त्यसैले पनि श्वेताले आफूलई फिट राख्न सफल हुँदै आएकी छन् ।

श्वेताले आफ्नो फिट ज्यान देखाउन फोटोसुट गरेकी छन् । ती आफ्ना नयाँ तस्बिरहरु उनले सामाजिक सञ्जालमा लगातार पोष्ट गर्दै आएकी छन् । आफ्ना ग्ल्यामरस फोटो र भिडियोहरू सेयर गरेर इन्टरनेटको संसारमा उनले तापक्रम बढाएकी छन् ।

हालै उनले निकै ग्ल्यामरस साडी लगाएका तस्बिर पोस्ट गरेकी छन् । श्वेताको आफ्नै स्टाइल छ, उनी बोल्ड भएपनि सोबर देखिन्छिन् । उनीहरुको पछिल्लो तस्बिर हेरेर उनीहरुले अनुमान लगाउन पनि सक्दैनन् कि श्वेता यसै वर्ष अक्टोबरमा ४१ वर्षकी भइन् । मस्टर्ड येलो कलरको साडीमा उनी सुन्दर देखिएकी छन् ।

श्वेताले खुला बार र परम्परागत ठूलो झुम्का लगाएर साडीलुक दिएकी छन् । तस्बिरमा सिम्पल देखिन्छिन् ।

ब्याकलेस ब्लाउज स्ट्रिङले यसलाई अझ कामुक बनाएको छ । श्वेताले ती तस्बिरहरुमार्फत फ्यानहरुलाई घायल गराएकी छन् । सामाजिक सञ्जालमा अधिकांश फ्यानले फायर इमोजीमार्फत आफ्नो मनको कुरा व्यक्त गरिरहेका छन् । एकजनाले लेखेका छन्, ‘तपाई ४१ वर्षको उमेरमा २१ वर्षको जस्तो देखिनुहुन्छ ।’ आफ्नो सुन्दरता कारण श्वेताले यतिखेर यस्ता अनेक प्रश्नहरुको सामना गरिरहेकी छन् ।

प्रतिक्रिया