सहमति नजुटेपछि माओवादीको नेतृत्व चयनका लागि प्रदेश १ मा पनि निवार्चन
प्रकाशित:
२०७८, ७ पुष
विराटनगर, ६ पुष । नेकपा (माओवादी केन्द्र)कोे नेतृत्व चयनका लागि प्रदेश १ मा पनि निवार्चन हुने भएको छ ।
पदाधिकारीका आकांक्षी धेरै भएपछि सहमतिका लागि कार्यदल गठन भएको थियो । कार्यदलमा सहमति नजुटेपछि पदाधिकारीका लागि आजै निर्वाचन गर्न लागिएको हो । त्यसअघि माओवादी केन्द्र प्रदेश कमिटीको बैठक बस्दैछ । यसपछि अध्यक्षलगायत ९ जना पदाधिकारीका लागि निर्वाचन गरिने भएको छ ।
गत मंसिर २५–२६ को प्रथम प्रदेश अधिवेशनमा पदाधिकारीको टुङ्गो नलागेपछि २७१ सदस्यीय प्रदेश कमिटी घोषणा गरिएको थियो । कमिटीका सदस्यहरुले नौं जना पदाधिकारीका लागि मतदान गर्नेछन् । ९ पदाधिकारीका लागि ४० जना पदाधिकारीका आकांक्षी सहभागी थिए ।
पार्टीको प्रदेश १ अध्यक्षमा हर्कबहादुर लावती, शिवकुमार डाँगी र मोक्साहाङ मेन्याङ्बो, ध्रुव बुढाथोकी, देवान चाम्लिङ, मोहनकुमार खत्रीलगायत दाबेदार छन् ।
प्रतिक्रिया