अमेरिकामा पहिलोपटक ओमिक्रोन संक्रमितको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, ६ पुष

ह्युस्टन, ६ पुस (अमेरिका) । ह्यारिस काउन्टी, टेक्सासमा बसोबास गर्ने एक खोप नलिएका व्यक्ति संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को ओमिक्रोन भेरियन्टबाट मृत्यु हुनेमा पहिलो व्यक्ति भएको विश्वास गरिएको छ ।

ह्यारिस काउन्टीको पूर्वी भागका करिब ५० वर्षीय व्यक्ति जसलाई खोप लगाइएको थिएन उनको सङ्क्रमणबाट मृत्यु भएको ह्यारिस काउन्टी न्यायाधीश लीना हिडाल्गोले ट्विट गरेकी छन् ।

एबीसी न्यूज र फक्स न्यूजका रिपोर्टहरूले यो संयुक्त राज्यमा ओमिक्रोन–सम्बन्धित मृत्युको पहिलो रेकर्ड भएको उल्लेख गरेका छन् ।
एबीसी न्यूज र फक्स न्यूजका रिपोर्टहरूले यो संयुक्त राज्यमा ओमिक्रोन–सम्बन्धित मृत्युको पहिलो रेकर्ड भएको मानेका छन् । डिसेम्बर १८ सम्ममा देशभरका नयाँ संक्रमित केसहरूमा ७३.३ प्रतिशत ओमिक्रोनले ओगटेको रोग नियन्त्रण र रोकथामका लागि अमेरिकी केन्द्रहरूले सोमबार जनाएका छन् ।

प्रतिक्रिया