पानामा पेपर्स काण्ड : ऐश्वर्यासँग पाँच घण्टा बयान
अखबार टुडे
प्रकाशित:
२०७८, ६ पुष

काठमाडौं, ६ पुस । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन पानामा पेपर्स काण्डमा मुछिएपछि सोमबार भ्रष्टाचार विरोधी छानबिन गर्ने निकाय इनफोर्समेन्ट डाइरेक्टोरेट (इडी) समक्ष हाजिर भएकी छन् ।

अनुसन्धान एजेन्सीले दिल्लीमा ऐश्वर्या रायको बयान रेकर्ड गरेको थियो । पूर्वमिस वल्र्डसेमत रहेकी ऐश्वर्यामाथि विदेशी विनिमय व्यवस्थापन ऐन (फेमा)को उल्लङ्घन गरी विदेशमा पैसा जम्मा गरेको आरोप छ ।

अभिनेत्री ऐश्वर्या रायलाई ईडीले करिब साढे ५ घण्टासम्म सोधपुछ गरेको थियो, जसमा उनलाई धेरै प्रश्न सोधिएको थियो ।
प्रवर्तन निर्देशनालय स्रोतलाई उदृत गर्दै एजेन्सीले सन् २००४ मा ब्रिटिस भर्जिन आइल्याण्डमा एमिक पार्टनर्स नामको अफशोर कम्पनी स्थापना भएको र जसको निर्देशक ऐश्वर्या राय भएको जनाइएको छ । पानामा पेपर्स प्रकरणमा ३०० भारतीय जोडिएका छन् ।

पानामा पेपर्स खोजमूलक पत्रकारहरुको संस्था इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट (आईसीआइजे)ले सन् २०१६ मा सार्वजनिक गरेको एउटा दस्ताबेज हो ।

प्रतिक्रिया