वैशाख २३ बाट ‘कबड्डी ४’: होला त काजीको बिहे ?
अखबार टुडे
प्रकाशित:
२०७८, ५ पुष

काठमाडौं, ५ पुष । चलचित्र ‘कबड्डी ४’को टिजर सार्वजनिक भएको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘कबड्डी ४’ २०७९ सालको वैशाख २३ गतेबाट रिलिज हुने टिजरमा उल्लेख गरिएको छ ।

बाँसुरी फिल्मस्को प्रस्तुतिमा तयार भएको यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । यो चलचित्रमा दयाहाङ राई र मिरुना मगरको प्रेममा सौगात मल्लको प्रवेशलाई रोचक तरिकाले प्रस्तुत गरिएको छ । कबड्डी ४ लाई ‘द फाइनल म्याच’ पनि भनिएको छ ।

प्रतिक्रिया