२० उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिश
प्रकाशित:
२०७८, ५ पुष
काठमाडौं, ५ पुष । बढुवा समितिको सचिवालयले प्रशासन सेवाका १८ र लेखापरीक्षण सेवाका २ जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस गरेको छ ।
प्रशासन सेवा तर्फका दीपक घिमिरे, नारायणप्रसाद सापकोटा, बलराम निरौला, वेदप्रसाद खरेल, रुद्रप्रसाद पण्डित, मदन कोइराला, कोमलप्रसाद धमला, दिवस आचार्य, ईश्वरकुमार गिरी, श्रवणकुमार पोखरेल, रामबहादुर कुरुम्बाङ, गोपाल कुमार अधिकारी, टुवराज पोख्रेल, बासुदेव घिमिरे, उद्धवप्रसाद रिजाल, युवराज कट्टेल, ध्रुवराज पण्डित, दीपक लामिछाने बढुवाको सिफारिसमा परेका छन् ।
यस्तै, सचिवालयले लेखा परीक्षण सेवाबाट पदमप्रसाद आचार्य र शम्भुकुमार श्रेष्ठलाई बढुवा गर्न सिफारिस गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार