धरानमा रक ब्याण्ड ‘रविन एण्ड द न्यु रेभुलुसन’को प्रस्तुती (फोटोफिचर)
अखबार टुडे
प्रकाशित:
२०७८, ४ पुष

धरान, ४ पुस । । कोभिड महामारीपछि झण्डै साढे दुई बर्षपछि आयोजना भएको ‘टुबोर्ग मेगा लाइभ कन्सर्ट’मा चर्चित व्याण्ड रविन एण्ड द न्यु रेभुलुसनले आफना प्रस्त्ती दिएर चिसो मौसममा दर्शकलाई तताएको छ ।

धरान १२ स्थित पब्लिक हाईस्कुलको खेलमैदानमा आयोजित कन्सर्टमा रविन एण्ड द न्यु रेभुलुसनले करिब १ दर्जन गीत प्रस्तुत गरेको थियो ।

ढाका टोपीमा प्रस्तुत भएका ब्याण्डका भोकलिस्ट रविन तामाङले सुरुमै गाए, ‘नेपाल–नेपाल’ । त्यसपछि रविनले भेटे मैले शिवाजी, केटाकेटी पहिलो नाम, जति माया लाएपनि, चिसो चिसो हावा, दम मरो दम लगायतका गीत । त्यसपछि धराने दर्शक जुरुक्कै उठेका थिए ।

कार्यक्रममा रबिन एण्ड न्यू रेभुलुसनसँगै दास श्रेष्ठ, हरि कृष्ण महर्जन र बिजय विश्वकर्मा स्टेजमा उक्लिएका थिए ।
टुबोर्ग मेगा लाईभ कन्सर्टमा रविन एण्ड द न्यु रेभुलुसनका आलाव धरानको दुई स्थानीय प्रतिभाहरु हिना मल्ल बराइली र दिपिका बस्नेतले समेत आफ्नो प्रस्तुति दिएका थिए । गायिका हिना मल्ल बराइली पहिलो नेपाल आइडलको टप टेन पुगेर चर्चामा आएकी गायिका हुन् ।

प्रतिक्रिया