कराँची विस्फोटमा प्रधानमन्त्री खानका विशेष सहयोगीसहित १५ को मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, ४ पुष

काठमाडौं, ४ पुष । पाकिस्तानको कराँचीमा भएको शक्तिशाली विस्फोटमा प्रधानमन्त्री इमरान खानका विशेष सहयोगी र पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीमा आबद्ध एक सांसदका बाबुकोसमेत मृत्यु भएको पाकिस्तानी संचारमाध्यमहरुले जनाएको छ ।

विस्फोटबाट मृत्यु हुनेको संख्या १५ पुगेको बताइएको छ भने विस्फोटका दर्जनौं घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विस्फोटबाट भवनमा आंशिक रुपमा क्षति पुगेको छ । विस्फोटपछि क्षतिग्रस्त भवनको भग्नावशेषमा केही व्यक्ति फसेको आशंकामा उद्दार कार्य तीव्र पारिएको जनाइएको छ ।

विस्फोट कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । ग्यास चुहावट वा अन्य केही विस्फोटक पदार्थ पड्किएर भवन भत्किएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । कराँचीको शेरशाह क्षेत्रस्थित एउटा व्यापारिक भवनमा शनिबार साँझ विस्फोट भएको थियो ।

प्रतिक्रिया