महिला साफ फुटबल: भारतसँग बराबरी खेले पनि नेपाल फाइनलमा पुग्ने
अखबार टुडे
प्रकाशित:
२०७८, ४ पुष

काठमाडौं, ४ पुष । यू–१९ महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले आज भारतसँग खेल्दैछन् । खेल बङ्गलादेशको ढाकामा दिउँसो पौने तीन बजे सुरु हुनेछ ।

हालसम्म नेपालले ३ खेलमा ७ अङ्क जोडेको छ । समान ७ अंक नै रहेपनि बंगलादेश गोल अन्तरमा शीर्षस्थानमा रहेको छ । भारत ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

आज बराबरी खेले मात्र पनि नेपाल फाइनलमा पुग्नेछ । पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा श्रीलङ्कालाई ६–० र तेस्रो खेलमा भुटानलाई ४–० ले हराएको थियो ।

नेपालसहित भारत, भुटान, श्रीलङ्का र बङ्गलादेश गरी पाँच टोली सहभागी प्रतियोगितामा राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।

प्रतिक्रिया