प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने
अखबार टुडे
प्रकाशित:
२०७८, ३ पुष

काठमाडौं, ३ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् ।

गत २३ भदौदेखि नेकपा एमालेले संसदमा निरन्तर अवरोध गरिरहेको छ । संसदमा लगातार जारी अवरोध र अमेरिकी परियोजना एमसीसीसहितका विषयमा छलफलका लागि प्रधानमन्त्री देउवाले सर्वदलीय बोलाएका हुन् । सर्वदलीय बैठक आह्वान गर्नुअघि प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार छलफल भएको थियो ।

यसैबीच प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कार गर्ने भएको छ । एमालेका महासचिव शंकर पोखरेलले उक्त बैठकमा आफूहरुको सहभागिता नहुने बताएका हुन् ।

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा आफूहरुले कारबाही गरेका माधवकुमार नेपालको पनि सहभागिता हुने भएपछि एमालेले बहिष्कार गर्ने निर्णय लिएको उनको भनाइ थियो ।

महासचिव पोखरेलले दलहरुबीच हुने दुई पक्षीय वार्ता र छलफलमा भने आफ्नो पार्टीले सहभागिता जनाउने बताए । प्रधानमन्त्री देउवाले आइतबार अपराह्न ४ बजे बस्नेगरी संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ ।

प्रतिक्रिया