‘जोनसकी पत्नी’ भन्दा प्रियंकालाई किन आपत्ति ?
अखबार टुडे
प्रकाशित:
२०७८, ३ पुष

काठमाडौं, ३ पस । बलिउड अभिनेत्री प्रियंका चोपडा हलिउडसम्म चर्चित चर्चित छिन् । अमेरिकी गायक निक जोनससँग विवाह गरेयता झनै उनको व्यक्तिगत जीवनबारे चर्चा भइरहेको छ ।

केही वर्षअघि बिहे गरेकी प्रियंका र उनका पति जोनसको सम्बन्धबारे बेलाबेला विभिन्नखाले समाचार आइरहन्छन् । यसै क्रममा अहिले अर्काे प्रशंग उनी चर्चामा आएकी छन् । भारतीय मिडियाले जनाएका अनुसार उनलाई सञ्चारमाध्यमले ‘जोनसकी पत्नी’ भनेर सम्बोधन गरेको मन पर्दैन । यदि मिडियाले ‘जोनसकी पत्नी’ सम्बोधन गरे उनी आपत्ति जनाउँछिन् ।

हालै एक सञ्चारमाध्यमले त्यसरी लेखेपछि समाचार बनाएपछि उनले आपत्ति जनाएकी छन् । ‘निकै रमाइलो कुरा के छ भने म अहिलेसम्म एकदमै सफल एक चलचित्रको फ्रेन्चाइजको प्रमोसनमा व्यस्त छु । तर, अझैपनि मलाई ‘निक जोनसकी पत्नी’ भन्दै सम्बोधन गरिन्छ’, प्रियंकाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘कृपया मलाई बताइदिनुस् कि अझैपनि महिलाहरूविरुद्ध नै किन यस्तो हुन्छ ? मलाई अब आफ्नो बायोग्राफीमा आफ्नो आईएमडीबी लिंक जोड्नुपरेको हो ?’

प्रियंका यतिखेर आफ्नो आगामी फिल्मको प्रमोसनमा व्यस्त छिन् । उनी अभिनीत ‘द म्याट्रिक्स रिसरेक्सम’ यही डिसेम्बर २२ बाट सिनेमा हलमा र एचबीओबाट रिलिज हुँदैछ ।

प्रतिक्रिया