भारतद्वारा ब्यालिस्टिक मिसाइल ‘अग्नी पी’ को सफल परीक्षण
अखबार टुडे
प्रकाशित:
२०७८, ३ पुष

नयाँ दिल्ली, ३ पुष (एजेन्सी) । भारतले शनिबार आफ्नो नयाँ पुस्ताको आणविक क्षमताको ब्यालिस्टिक मिसाइल ‘अग्नी पी’ को सफल परीक्षण गरेको छ ।

मिसाइल परीक्षण अब्दुल कलाम टापु भारतको पूर्वी राज्य ओडिशाको तटमा बिहान ११ः०६ मा गरिएको रक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ– टेलिमेट्री, राडार, इलेक्ट्रो–अप्टिकल स्टेशनहरू र पूर्वी तटमा अवस्थित डाउन–रेन्ज जहाजहरूले मिसाइल ट्र्याजेक्टोरी र मापदण्डहरू ट्र्याक र निगरानी गरेका थिए । मिसाइलले प्रक्षेपणलाई उच्च स्तरको सटीकताका साथ सबै मिशन उद्देश्यहरू पूरा गरेको विज्ञप्तिमार्फत् जनाइएको छ ।

‘अग्नि पी’ एक दुई चरणको क्यानिस्टराइज्ड ठोस प्रोपेलेन्ट ब्यालिस्टिक मिसाइल हो जसमा डुअल रिडन्डन्ट नेभिगेसन र मार्गदर्शन प्रणाली छ । यस दोस्रो उडान–परीक्षणले प्रणालीमा एकीकृत सबै उन्नत प्रविधिहरूको भरपर्दो कार्यप्रदर्शन प्रमाणित गरेको पनि रक्षा मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया