६७ देशबाट नेपाल आउने यात्रुले क्वरेण्टीन बस्नुपर्ने नियम स्थगित
अखबार टुडे
प्रकाशित:
२०७८, ३ पुष

काठमाडौं, ३ पुष । नेपाल सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन देखिएका ६७ देशबाट आउने यात्रुले सात दिन होटल करेण्टीनमा बस्नुपर्ने नियम स्थगित गरेको छ ।

शनिबार अध्यागमन विभागले सूचना निकालेर अमेरिका, मलेसियासहित ६७ देशबाट नेपाल आउने यात्रुले ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने नियम तत्कालका लागि स्थगित गरेको हो ।

विभागका अनुसार अर्को सूचना नआएसम्मका लागि आफ्नै खर्चमा होटल करेण्टीनमा बस्नुपर्ने नियम लागू हुनेछैन । तर कोरोना सम्बन्धी मापदण्ड र यात्राबारे यस अघिका नियम भने यथावत रहेको विभागले जनाएको छ ।

यसअघि विभागले ६७ देशबाट आउने यात्रुलाई एक हप्ता होटल करेण्टीनमा बस्नु पर्ने नियम लागू गरेको थियो । होटल करेण्टीनमा बस्दा लाग्ने सबै खर्च यात्रुले नै बेहोर्नुपर्ने उल्लेख गरिएको थियो । साथै होटल करेण्टीनमा बसेपछि पीसीआर परीक्षण गर्नुपर्ने र रिपोर्ट नेभेटिभ आएपछि पनि एक हप्ता आफ्नै घरमा सुरक्षित रुपमा बस्नुपर्ने भनिएको थियो ।

प्रतिक्रिया