ड्रेस टु इम्प्रेस-४ : जहाँ, एकैसाथ १६८ जना डिजाइनर क्वाटवाक गर्दै
अखबार टुडे
प्रकाशित:
२०७८, २ पुष

काठमाडौं, २ पुस । एकैसाथ १६८ जना डिजाइनरहरु रनवेमा उत्रँदा कस्तो होला ? कल्पना गर्नुस् त । तर, अब त्यो हेर्ने धेरै दिन बाँकी छैन । यही आउँदो माघ ८ गते डिजाइनरहरु काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा रनवेमा उत्र्रँदैछन् । जहाँ, इन्टरनेशनल इन्टिच्युट अफ फेसन टेक्नोलोजी (आईआईएफटी)का फेसन डिजाइनरका १६८ जना विद्यार्थी स्टेजमा उत्रँदैछन् ।

आईआईएफटी एउटा यस्तो फेसन इन्टिच्युट हो, जुन पछिल्लो समय फेसनप्रति चासो लिने र फेसन डिजाइनर बन्न चाहनेका लागि लोकप्रिय छ । बागबजार ललितपुरको खरिपाटीमा रहेको यो इन्टिच्युटबाट छोटो समयमै राम्रा फेसन डिजाइनरहरु उत्पादन भएका छन् । उनीहरुले संघीय राजधानी काठमाडौंलगायत देशका विभिन्न सहरमा बुटिक सञ्चालन गरेर नेपालको फेसन क्षेत्रमा आयाम थपिरहेका छन् । र, फेसन पारखी सेलिब्रेटीदेखि सर्वसाधारणसम्मलाई फेसनको तृष्णा मेटाउँदै आएका छन् ।

आईआईएफटीले विगत चार वर्षयता हरेक वर्ष आफ्ना डिजाइनरका विद्यार्थी (६ महिने कोर्ष पूरा गरेका)लाई समेटेर ‘ड्रेस टु इम्प्रेस’ नामक फेसन शो गर्दै आएको हो । डिजाइनरहरु स्वंय आफ्नो सिर्जनामा स्टेजमा उत्रँने यस फेसन शोको तेस्रो सिजनका लागि यतिखेर १६८ जना डिजाइनरहरु तम्तयार गरिरहेका छन् ।

आयोजक संस्था अर्थात स्कुल अफ फेसन आईआईएफटीका प्रबन्ध निर्देशक फूपु तेन्जिङ शेर्पाका अनुसार ‘ड्रेस टु इम्प्रेस-४’ मा अहिलेसम्मकै सबैभन्दा धेरै डिजाइनरहरु प्रतिस्पर्धा गर्दैछन् । मोडलिङ र डिजाइनिङको कम्बिनेशन हुने भएकाले प्रतिस्पर्धीलाई अहिले क्याटवाकलगायत मोडलिङबारे समेत प्रशिक्षण लिइरहेका छन् ।

‘ड्रेस टु इम्प्रेस’ नाम जस्तै एक शसक्त डिजाइनररुको प्रतियोगिता हो । जसमा प्रतियोगीहरुलाई आफ्नो सिर्जनामार्फत दर्शक तथा जर्जमेन्टहरुलाई इम्प्रेस गर्नु त छँदैछ, त्यसमाथि मोडलका रुपमा स्यंम स्टेजमा उत्रेर इम्प्रेस गर्नु उनीहरुलाई अर्को चुनौती पनि छ ।
आईआईएफटीका निर्देशक शेर्पा भन्छन्, ‘यो विशुद्ध डिजाइनरहरुको प्रतिपस्र्धा हो, तर, जसमा मोडलिङ पनि जोडिएको छ । त्यसैले पनि यस शोमा सहभागी हुने प्रतिस्पर्धीहरुलाई दोहोरो चुनौती छ ।’

प्रतिक्रिया