प्रतियोगीमा कोरोना संक्रमण देखिएपछि ‘मिस वर्ल्ड’को ग्राण्ड फिनाले स्थगित
अखबार टुडे
प्रकाशित:
२०७८, २ पुष

काठमाडौं । आज शुक्रबार हुने भनिएको ‘मिस वर्ल्ड’को ग्राण्ड फिनाले स्थगित भएको छ । प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोनाभाइरस संक्रमण देखिएप्छि प्रतियोगिता स्थगित गरिएको आयोजकले विज्ञप्तिमार्फत जनाएको हो ।

‘मिस वर्ल्ड’ आयोजकले आफ्ना सबैजना स्टाफमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि स्वास्थ्य विज्ञको सल्लाहमा प्रतियोगिता स्थगित गरिएको बिहीबार सिाँझ जारी प्रेस विज्ञप्तिमा जानकारी गराएका छ ।]

आयोजकस्थल पुएर्तो रिकोमा कोरोनाको स्थितिमा सुधार भए ९० दिनभित्र पुनः कार्यक्रम गर्न सकिने जनाइएको छ ।

सुरुआतमा ड्रेसिङ रुमबाट फैलिएको भाइरस संक्रमण सबैजनामा देखिएपछि केहीलाई आइसोलेसनमा समेत राखिएको थियो । सात जना प्रतिस्पर्धीमा कोरोना संक्रमण भएपछि अन्यमा पनि परीक्षण गर्दा संक्रमण थप पुष्टि भएपछि स्वास्थ्य विभागले प्रतियोगिता रोक्न निर्देशन दिएको थियो ।

सहभागी प्रतिस्पर्धीको कोभिड परीक्षण गरेपछि मात्र उनीहरुलाई सम्बन्धित देशमा फर्काइने आयोजकले जानकारी दिएको छ । ‘मिस वर्ल्ड’मा नम्रता श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दैछिन् ।

प्रतिक्रिया