हल्का हिमपात र वर्षाको सम्भावना
अखबार टुडे
प्रकाशित:
२०७८, २ पुष

काठमाडौं, २ पुष । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् समिर श्रेष्ठका अनुसार प्रणालीको प्रभाव दिउँसोदेखि पूर्वी क्षेत्रमा सर्ने अनुमान रहेकाले वाग्मती प्रदेशका केही ठाउँमा पनि मौसम आंशिकदेखि सामान्य बद्ली हुुने अनुमान छ । प्रदेश–१ र २ मा भने यो प्रणालीको असर खासै नदेखिने मौसमविद्ले बताएका छन् ।

यो प्रणालीको प्रभाव भोलिसम्म रहने भएकाले भोलि पनि कर्णाली र गण्डकी प्रदेशसहित अन्य पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ । भोलि बेलुकादेखि भने यो प्रणालीको प्रभाव हट्ने मौसमविद्ले बताएका छन् ।

यस्तै, काठमाण्डौसहित देशका धेरै ठाउँमा अहिले हुस्सु, कुहिरो लागेको छ । काठमाण्डौसहित आसपासका क्षेत्रमा दिउँसो घाम लाग्ने मौसमविद्ले बताएका छन् । काठमाण्डौको बिहानको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रतिक्रिया